काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडको १६औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्क अफ काठमाण्डू लिमिटेडसँग गाभ्ने र गाभिनेसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै बैङ्कको साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरूपमा पारित गरेको हो ।
साधारणसभाले ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए)का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ ।
ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पूरा भइसकेको छ ।