प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरको लागि अन्तिम सम्झौता, यस्ता छन् सहमति


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरको लागि अन्तिम सम्झौता, यस्ता छन् सहमति

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बुधबार साँझ सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।

अन्तिम सम्झौता अनुसार  प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ को स्वाप रेसियो गाभ्ने छ । सेन्चुरीलाई गाभेपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ । संचालक समितिमा प्रभु बैंकबाट ४ जना र सेन्चुरीबाट ३ जना जाने सहमति भएको छ । त्यस्तै सीइओको रुपमा हालका प्रभु बैंक कै सीइओ रहने छन् भने सेन्चुरीका हालका सीइओ बैंकमा सिनियर डेपुटी सीइओको रुपमा रहने सहमति भएको छ । त्यस्तै कर्मचारीहरु समायोजन गर्दा हाल खाईपाई आएको सेवा सुविधा नघट्ने गरि समान समान हैसियतमा समायोजन गर्ने सहमति भएको छ । पुस भित्र नै एकिकृत कारोबार गर्ने गरि प्रक्रिया अगाडी बढाउने सहमति भएको छ ।

Read More
  • EBL Ad news