काठमाडौं । प्रभु बैंकले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
बैंकले पुस १४ गते बैंकको केन्द्रिय कार्यलय बबरमहल काठमाडौंमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । उक्त सभाले ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, सञ्चालकहरुको तलब भत्ता सुविधा संहोधन गर्ने, सेञ्चुरी कमर्सियल बैंकले र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्पुर्ण कार्यलाई अनुमोदन गर्ने लगायतका एजेण्डा रहेको छ ।









