काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकास कोषमा रहेको ४ अर्ब ३१ करोड रुपैयाँ मद्दती निषैपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार दुई छुट्टा छुट्टै सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी कल्याण कोषको १ अर्ब २७ करोड रुपैयाँ १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
सूचना अनुसार पेन्सन तथा उपदान कोषको २ अर्ब ४३ करोड २० हजार रुपैयाँ क वर्गका वाणिज्य बैंकमा ४५ करोड रुपैयाँ ख बर्गका विकास बैंकमा र १५ करोड रुपैयाँ ग वर्गका वित्त कम्पनीहरूमा जम्मा गर्ने गरी निर्धारण गरिएको छ ।