राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिन अवधिको १०अर्ब रुपैयाँ गरी कुल १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी पुसर १९ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी फागुन २३ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० जेठ २३ गते परिपक्व हुनेछ ।

Read More
  • EBL Ad news