काठमडौं । नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । उक्त सर्वेक्षणमा महँगी बढेर तीन महिनामा नै १० प्रतिशत पुग्ने उल्लेख छ ।
तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको देखिएको समेत सर्वेक्षणमा भनिएको छ ।