सेञ्चुरी कमर्सियल बैंकको लाभांस घोषणा


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंकको लाभांस घोषणा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा मात्र) मा ४.७५ प्रतिशतले हुन आउने रकम ४५,३८,१०,६८६।९५ (अक्षरेपी पैंतालीस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पञ्चानब्बे पैसा मात्र)  बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५% ले हुन आउने रकम रु. २,३८,८४,७७३/- ( (अक्षरेपी दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ मात्र) बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको बैंकले जनाएको छ ।

Read More
  • EBL Ad news