ब्याज फिर्ताको विवरण पेश गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन


  • KBL News Ad
  • ADBL
  • City Express
ब्याज फिर्ताको विवरण पेश गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

१५ मंसिर, काठमाडौं । नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेश गर्न नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले सबै बैंकलाई पत्र काटेर नियम विपरीत पि्रमियम बढाएर लिएको ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको हो ।

१५ दिनभित्र ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिँदै राष्ट्र बैंकबाट पत्र आएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । गत आर्थिक वर्षको वाषिर्क वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिदा नै राष्ट्र बैंकले नियम विपरीत पि्रमियम बढाएर लिएको ब्याज फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले स्वीकृत गरेकेा थियो ।

Read More
  • EBL Ad news