तरलताको अभाव टार्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन आज (मंसिर १५ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो मंसिर २९ गते परिपक्क हुनेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।