१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि २ वटा बैंकलाई जरिबाना गरेको छ भने ६ वटा बैंकलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि कारवाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्नेमा सनराइज र मेगा बैंक अगाडि देखिएका छन् । दुवै बैंकको व्यवस्थापन र सञ्चालक समितिलाई नियामकीय व्यवस्था उल्लंघन गर्दा राष्ट्र बैंकले ३ पटक सममा सचेत गराएको छ ।