एनआईबीएल एस क्यापिटल लिमिटेड र भारतको टाटा समूहसँगको सहकार्यमा संचालित एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (दुगर हेल्थकेयर) बिच लगानी सम्झौता भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र भारतीय कम्पनीको तर्फ बाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनआईबिएल एस क्यापिटलले एच मेडिकल एन्ड डायग्नोस्टिक्समा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा, एच मेडिकल एन्ड डायग्नोस्टिक्सले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्रि गर्ने लक्ष्य राखेको छ ।








