आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्ण पाठसहित)
पृष्ठभूमि
१. प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो निर्वाचन सम्पन्न भएको छ । नयाँ जनादेशअनुसार संघीय तथा प्रदेश सरकार गठन हुने क्रममा रहेका छन्। सरकार गठन भएपश्चात्तीव्र विकासप्रतिको आकाङ्क्षा पूरा गर्न सरकारले शासकीय तथा आर्थिक सुधारका कार्यक्रमहरु ल्याउने, तीनै तहका सरकारहरुको सक्रियता बढ्ने र यसबाट आर्थिक क्रियाकलापहरुले थप गति लिनेअपेक्षा रहेको छ ।
२. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने जिम्मेवारी अनुरुप आर्थिक वर्ष २०७९/८० को लागि २०७९ साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरिएको थियो । मौद्रिक नीति २०७८/७९ को अद्र्धवार्षिक समीक्षा र २०७९/८० को मौद्रिक नीतिमार्फत्अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरु क्रमिक रुपमा कार्यान्वयनमा आएसँगै बाह्य क्षेत्र स्थायित्वमा देखापरेको जोखिममा कमी आउन शुरु गरेकोछ ।
३. बाह्य क्षेत्र दबाबका कारण बैंकिङ्ग क्षेत्रको साधन परिचालनमा आएको कमी भने कायमै रहेको छ । सजगतापूर्वक कसिलो राखिएको मौद्रिक नीतिको कार्यदिशाका कारण बंैकिङ्ग प्रणालीमा रहेको निक्षेप घट्न नदिन, तरलतालाई सहज बनाउन, कर्जा–निक्षेप अनुपातबीच सन्तुलन मिलाउन र बाह्य क्षेत्रमा परेको दबाब कम गर्न उल्लेख्य सहयोग पुगेको छ ।
४. कोभिड १९ संक्रमणका कारण खलबलिएको विश्व उत्पादन तथा आपूर्ति श्रृंखला रुस–युक्रेन युद्धका कारण थप प्रभावित हुन पुगेकोमा सोस्थितिमा सुधार आउन सकेको छैन । फलस्वरुप, विश्वव्यापी रुपमा नै आर्थिक गतिविधिहरु प्रभावित भएका छन् । विश्व बजारमा पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्यमा परेको चाप केही शिथिल भए पनि अझै उच्च नैरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा देखापरेको उच्च मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले अवलम्बन गरेकोकसिलो मौद्रिक नीतिको कार्यदिशाले अझै निरन्तरता पाइरहेको छ । खासगरी फेडरल रिजर्भले गरेको फेडरल फण्ड रेटको वृद्धिका कारण अमेरिकी डलरसँग उदीयमान र विकासशील देशका मुद्राहरु अबमूल्यन भएका छन्। फलस्वरुप, विश्व अर्थतन्त्र उच्च मुद्रास्फीति र आर्थिक मन्दीको दोहोरो संकटतर्फ उन्मुख रहेको छ ।
५. यिनै पृष्ठभूमिमा चालु आर्थिक वर्षका पहिलो तीन महिनासम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयन स्थिति र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक एवम् वित्तीय स्थिति तथा परिदृश्यका आधारमा चालु आर्थिक वर्षको मौद्रिक नीतिकोपहिलोत्रैमासिक समीक्षा गरिएको छ ।
मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन समीक्षा
आर्थिक तथा मौद्रिक लक्ष्यहरुको स्थिति
६. आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो त्रयमासमा औसत उपभोक्ता मुद्रास्फीति ८.५ प्रतिशत रहेको छ ।
७. आर्थिक वर्ष २०७९/८० मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ असोज मसान्तमा ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकोछ ।
८. आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १२ प्रतिशत हुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा यस्तो वृद्धिदर ५.३ प्रतिशत रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा यस्तो वृद्धिदर ६.८ प्रतिशत रहेको छ ।
तरलता व्यवस्थापनकोस्थिति
९. आर्थिक वर्ष २०७८/७९ कोपहिलो त्रयमासकोतुलनामा चालु आर्थिक वर्षको पहिलो त्रयमासमा वित्तीय प्रणालीमा तरलता स्थिति दबाबमा रहन गयो । मागअनुरुप तरलताको स्थितिमा सन्तुलन मिलाउन आर्थिक वर्ष २०७९/८० को पहिलो त्रयमासमा खुला बजार कारोबारमार्फत् रु.२३२ अर्ब ३६ करोड तरलता प्रवाह गरिएको छ । यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत् रु.२१२२ अर्ब ७३ करोड रकम यस बैंकबाट उपयोग गरेका छन् । गत वर्षको यसै अवधिमा खुला बजार कारोबार मार्फत्र १२५ अर्ब ४५ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत्र ८२२ अर्ब ६८ करोड बराबरको रकम उपयोग गरेका थिए ।
१०. चालु वर्षको पहिलो त्रयमासमा आयातमा आएको संकुचन र विप्रेषण आप्रवाहमा आएको सुधारका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी रु.१५४ अर्ब ४ करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत् रु.२९ अर्ब ७३ करोड खुद तरलता प्रवाह भएको थियो ।
ब्याजदरको स्थिति
११. समीक्षा अवधिमा अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु बढेका छन्। मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइएकोअन्तर–बैंक दर २०७८ असोजमा औसत ४.९५ प्रतिशत रहेकोमा २०७९ असोजमा ८.५१ प्रतिशत कायम भएको छ । २०७९ असारमा भने यस्तो ब्याजदर ७.०१ प्रतिशत रहेको थियो ।
१२. २०७९ असोजमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १०.१४ प्रतिशत कायम भएको छ । २०७८ असोजमा यस्तोब्याजदर ४.८६ प्रतिशत रहेकोथियो ।
१३. वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ असोजमा १०.३४ प्रतिशत पुगेको छ । २०७८ असोजमा यस्तो दर ७.५७ प्रतिशत रहेको थियो । २०७९ असोजमा निक्षेपको भारित औसत ब्याजदर ८.१६ प्रतिशत पुगेको छ । २०७८ असोजमा यस्तो ब्याजदर ५.४३ प्रतिशत रहेको थियो । त्यसैगरी, २०७९ असोजमा कर्जाको भारित औसत ब्याजदर १२.१९ प्रतिशत पुगेको छ । २०७८ असोजमा यस्तो ब्याजदर ८.६९ प्रतिशत रहेकोथियो ।
१४. बजारका ब्याजदरहरु (ल्यmष्लब)ि बढेको भएतापनि मुद्रास्फीति समायोजन गरेपछिको वास्तविक (च्भब)ि ब्याजदर भने २०७८ असोजको तुलनामा २०७९ असोजमा घटेको छ । २०७८ असोजमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर १.१९ प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ४.४५ प्रतिशत रहेकोमा २०७९ असोजमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर ०.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने कर्जाको भारित औसत वास्तविक ब्याजदर ३.६९ प्रतिशत रहेको छ ।
वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थाको कार्यान्वयन स्थिति
क्षेत्रगत कर्जा
१५. वाणिज्य बैंकले २०७९ असोजसम्ममा कृषि क्षेत्रमा रु.५१९ अर्ब ५७ करोड ( १२.३८ प्रतिशत), ऊर्जा क्षेत्रमा रु.२४५ अर्ब ९ करोड ( ५.८४ प्रतिशत), र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु.१ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत गरी रु.३९८ अर्ब २१ करोड (९.४९ प्रतिशत) प्रवाह गरेका छन् ।
१६. विकास बैंकहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १९ प्रतिशत कर्जा कृषि, लघु, घरेलुतथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा उक्त क्षेत्रहरुमा औसत २६.११ प्रतिशत अर्थात रु.११३ अर्ब ८० करोड कर्जा लगानीमा रहेकोछ । त्यसैगरी, वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १४ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा उक्त क्षेत्रहरुमा औसत २१.२२ प्रतिशत अर्थात रु.१८ अर्ब ३७ करोड कर्जा लगानीमा रहेको छ ।
विपन्न वर्ग कर्जा
१७. बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत ६.७ प्रतिशत, विकास बैंकहरुको ११.५ प्रतिशत र वित्त कम्पनीहरुको ७.४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानीमा रहेको छ ।
पुनरकर्जा र सहुलियतपूर्ण कर्जा
१८. कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराइएको पुनरकर्जा २०७९ असोज मसान्तमा रु.१०५ अर्ब ४७ करोड लगानीमा रहेको छ ।
१९. नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ असोज मसान्तसम्म कुल १ लाख ४७ हजार ६४२ ऋणीलाई रु.२१० अर्ब ४७ करोड कर्जा लगानीमा रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय शीर्षकमा ६० हजार ६१ ऋणीलाई रु.१३८ अर्ब २१ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७५० महिला उद्यमीलाई रु.६८ अर्ब ६९ करोड कर्जा लगानीमा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य ८ शीर्षकअन्तर्गत कुल २ हजार ८३१ ऋणीहरुलाई रु.३ अर्ब ५७ करोड कर्जा लगानीमा रहेको छ ।
वित्तीय क्षेत्र सुधार र नियमन व्यवस्था
२०. बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शत प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय संचालनका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएकोछ ।
२१. निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।
२२. बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जाअन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको छ ।
२३. वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म उपलब्ध हुने व्यवस्था कायम गरिएको छ ।
२४. बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा २०७८ भदौ ८ भन्दा अघि जारी भएका ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहनेगरी कार्यान्वयनमा ल्याइएको छ ।
२५. बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ संशोधनमार्फत् बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति प्रयोजनका लागि धितोपत्र कारोबारको रोक्का तथा फुकुवा धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था गरिएको छ ।
२६. वित्तीय ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता, वित्तीय साक्षरतासम्बन्धी तालीम निर्देशिक सहितको वित्तीय साक्षरता रुपरेखा, २०७९ ९ँष्लबलअष्ब िीष्तभचबअथ ँचबmभधयचप, द्दण्द्दद्द० जारी गरिएको छ ।
विदेशी विनिमय व्यवस्थापन
२७. नेपाली नागरिक, विदेशी नागरिक र विदेशस्थित संघ÷संस्थाबाट नेपाली नागरिक र संघ÷संस्थाले इजाजतपत्रप्राप्त विपे्रषण कम्पनीमार्फत विप्रेषण रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक रु.१५ लाखसम्म भित्र्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएको छ ।
२८. नेपाली बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमार्फत् समेत विप्रेषण प्राप्त गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
२९. बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट, टि.टि. जारी गर्दा वा प्रतीतपत्र खोल्दा आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच तुलनात्मक विश्लेषण गरेर यथार्थपरक देखिएमा मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने वा कारोबार प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।
अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम्परिदृश्य
२०. सन् २०२१ मा ६.० प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२२ मा ३.२ प्रतिशत र सन् २०२३ मा २.७ प्रतिशतले वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । सन् २०२१ मा ५.२ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन् २०२२ मा २.४ प्रतिशतमा सीमित हुने र सन् २०२१ मा ६.६ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२२ मा ३.७ प्रतिशतमा सीमित हुने कोषको प्रक्षेपण रहेको छ ।
३१. सन् २०२१ मा १०.१ प्रतिशतले विस्तार भएको विश्व व्यापार आयतनको वृद्धिदर पनि सन् २०२२ मा ४.३ प्रतिशत तथा सन् २०२३ मा २.५ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।
३२. रुस–युक्रेन युद्धका कारण विश्व आपूर्ति तथा उत्पादन प्रणाली अवरुद्ध भई खाद्य तथा गैरखाद्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अमेरिकी डलरको अधिमूल्यनका कारण विश्वव्यापी रुपमा मुद्रास्फीति बढेको छ । सन्२०२१ मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ३.१ प्रतिशत र ५.९ प्रतिशत रहेकोमा सन्२०२२ मा क्रमशः ७.२ प्रतिशत र ९.९ प्रतिशत तथा सन्२०२३ मा क्रमशः ४.४ प्रतिशत र ८.१ प्रतिशत रहनेप्रक्षेपण छ ।
३३. मुद्रास्फीति नियन्त्रण गर्न विश्वका अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गर्दै लगेका छन् । अमेरिकी फेडरल रिजर्भले सन्२०२२ मार्चमा ०–०.२५ प्रतिशत रहेको फेडरल फण्ड रेटमा चार पटक वृद्धि गरी ३.७५–४.०० प्रतिशत पु¥याएको छ । बैंक अफ इंग्ल्याण्डले मार्च २०२२ मा ०.५ प्रतिशत रहेको बैंक दरमा क्रमशः वृद्धि गरी ३ प्रतिशत पु¥याएको छ । भारतीय रिजर्भ बैंकले समेत २०२२ अप्रिलमा ४ प्रतिशत रहेको नीतिगत दरमा वृद्धि गरी ५.९ प्रतिशतमा पु¥याएको छ । विश्वभरि नै मूल्यमा परेको चापको स्थितिलाई दृष्टिगत गर्दा मौद्रिक नीतिको कसिलो कार्यदिशाले अझै केही समयसम्म निरन्तरता पाउने देखिन्छ ।
राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवम्परिदृश्य
बाह्य क्षेत्र
३४. आर्थिक वर्ष २०७९/८० को पहिलो त्रयमासमा वस्तु निर्यात ३५.७ प्रतिशत, वस्तु आयात १६.२ प्रतिशत र व्यापार घाटा १३.१ प्रतिशतले घटेका छन् । केही वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध, प्रतितपत्र खोल्दा नगद मार्जिन राख्नुपर्नेसम्बन्धी व्यवस्था, अमेरिकी डलरकोअधिमूल्यन र कर्जा प्रवाहमा संकुचन आउँदा गत वर्षको तुलनामा आयात र व्यापार घाटा घटे पनि अझै मासिक औसत आयात रु.१३३ अर्ब ६७ करोड रहेको छ । यो आयात कोभिड–१९ पूर्वको तुलनामा अधिक हो।
३५. विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रयमासमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भएको वृद्धिले विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । विप्रेषण आप्रवाह आगामी महिनाहरुमा पनि सन्तोषजनक रहने देखिन्छ ।
३६. आर्थिक वर्ष २०७९/८० को पहिलो त्रयमासमा नेपाल आउनेबाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ११०.४ प्रतिशतले बढेको छ । कोभिड संक्रमण कम भएकोले पर्यटन क्षेत्र क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।
३७. गत वर्षको तुलनामा मुख्य गरी आयातमा आएको कमी र विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण चालु खाता घाटा तथा शोधनान्तर स्थितिमा सुधार भएकोछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चालु खाता रु.३४ अर्ब २८ करोडले घाटामा र शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा चालु खाता रु.१४९ अर्ब ८१ करोड र शोधनान्तर स्थिति रु.८७ अर्ब ७१ करोडलेघाटामा रहेको थियो । शोधनान्तरमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा रु.१२४६ अर्ब २२ करोड पुगेको छ ।
३८. समग्र माग तथा आयात व्यवस्थापनका लागि लिइएका नीतिगत व्यवस्थाका कारण बाह्य क्षेत्रमा परेको दबाब कम गर्न सहयोग पुगेको छ । तथापि, यस्ता व्यवस्थाहरुको कारण सरकारी वित्त स्थिति र कतिपय व्यावसायिक क्रियाकलापहरु प्रभावित भएका छन् । यसलाई मध्यनजर गरी तोकिएका वस्तुहरुको आयात निरुत्साहनका लागि लिइएका नीतिहरुलाई क्रमशः सहज बनाउँदै जानुपर्ने अवस्था छ । यस्ता वस्तुहरुको आयात खुकुलो गर्दा त्यसको प्रत्यक्ष असर शोधनान्तरमा पर्न जाने हुँदा बाह्य क्षेत्रमा देखिएको सुधार पुनः दबाबमा पर्ने सम्भावना छ ।
३९. उपभोग, उत्पादन तथा सरकारी राजस्वको आयातमा बढ्दो निर्भरताले मुलुकको आन्तरिक उत्पादन प्रणाली कमजोर रहेको देखाउँछ । यसले गर्दा दिगो रुपमा आन्तरिक र बाह्य सन्तुलन कायम राख्नुचुनौतीपूर्ण छ । ब्याजदर न्यून राख्दा विदेशी विनिमय सञ्चिति र तरलताको स्थितिमा चाप पर्ने र उच्च राख्दा सरकारी वित्त व्यवस्थापन र उद्योग व्यवसाय प्रभावित हुनेस्थिति छ । आन्तरिक उत्पादन बढाउन वृहत आर्थिक संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता छ ।
वास्तविक क्षेत्र
४०. आर्थिक वर्ष २०७९/८० को पहिलो त्रयमासमा आर्थिक गतिविधिहरु सन्तोषप्रद रहेका छन् । मौसमी अनुकूलताका कारण समग्रमा कृषि उत्पादनमा सकारात्मक प्रभाव परेको छ । विद्युत उत्पादन वृद्धि हुँदै गएको छ । महामारीको असर कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ र यसबाट पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग पुग्ने देखिएको छ । यसबाट औसतभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्ने अनुमान रहेको छ ।
४१. ब्याजदरमा वृद्धि र कर्जा प्रवाहमा आएको संकुचनले समष्टिगत मागमा केही कमी ल्याएको छ । यसबाट बाह्य क्षेत्र असन्तुलन समायोजन गर्न सहयोग पुगेको छ । बाह्य क्षेत्रमा दिगो सुधार नआएसम्म मागमा आएको शिथिलतालेआन्तरिक आर्थिक गतिविधिलाई केही हदसम्म संकुचित बनाउने देखिन्छ ।
४२. २०७९ असोज मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति ८.५ प्रतिशत रहेको छ । २०७८ असोज मसान्तमा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ असोज मसान्तमा आयात मूल्य सूचकाङ्क १२.४ प्रतिशतले बढेको छ भनेतलब सूचकाङ्क १२.३९ प्रतिशत र ज्यालादर सूचकाङ्क ११.३४ प्रतिशतले वृद्धि भएको छ । पेट्रोलियम पदार्थको उच्च मूल्यको अवस्था र नेपाली रुपैयाको अवमूल्यनका कारण आयातीत वस्तुहरुको मूल्य बढ्न गई उपभोक्ता मूल्यमा चाप पर्न गएको छ । बाह्य तथा आन्तरिक आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चापको स्थिति अझै केही समयसम्म कायम रहने देखिन्छ ।
४३. २०७९ असोज महिनाकोमूल्य अपेक्षासम्बन्धी सर्वेक्षणमा सर्वसाधारणको मूल्य वृद्धिप्रतिको अपेक्षा २०७९ असारको तुलनामा घटेको छ । उपर्युक्त तथ्यले यस बैंकले लिएको नीतिगत कार्यदिशाबाट सर्वसाधारणको मूल्यप्रतिको अपेक्षामा अंकुश लाग्न गई समग्र मागमा स्थिरता कायम गर्न सहयोग पुगेको संकेत गरेको छ ।
सरकारी वित्त
४४.नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले वृद्धि भई रु.३५० अर्ब ९८ करोड पुगेकोछ । यस अवधिमा भएको कुल खर्चमा चालु खर्चको अंश ८०.१६ प्रतिशत रहेको छ । तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचनका कारण सरकारी खर्च बढेको छ ।
४५. राजस्व परिचालन भने २०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा १९.८१ प्रतिशतले घटेको छ । २०७८ कात्तिकसम्ममा रु.३३४ अर्ब ३१ करोड राजस्व परिचालन भएकोमा २०७९ कात्तिकसम्ममा रु.२६८ अर्ब ७ करोड राजस्व परिचालन भएको छ । आयातमा संकुचन आएकाले राजस्व परिचालन प्रभावित भएको देखिन्छ । अमेरिकी डलरकोअधिमूल्यन र ब्याजदरमा भएकोवृद्धिका कारण सरकारको ऋण दायित्व बढ्नुको साथै ऋणको ब्याज भार पनि बढ्न गएको छ ।
मौद्रिक तथा वित्तीय क्षेत्र
४६.वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशत र कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा विस्तृत मुद्राप्रदाय १७.९ प्रतिशत र कुल आन्तरिक कर्जा २९.७ प्रतिशतले बढेको थियो । गत वर्षको तुलनामा मौद्रिक योगाङ्कहरुको वृद्धिदरमा कमी आए पनि २०७९ असारको तुलनामा सञ्चित मुद्रा भने पहिलो त्रयमासमा ६.३ प्रतिशतले बढेको छ ।
४७. २०७९ असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमा निक्षेप परिचालन ८.२ प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ । २०७९ असोज मसान्तमा निक्षेप परिचालन रु.५१०५ अर्ब ४६ करोड र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा रु.४६८० अर्ब २० करोड रहेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाभन्दा निक्षेपको वार्षिक विन्दुगत वृद्धि दर केही बढी रहेको छ।
४८. नेपालमा तरलताको मुख्य श्रोतको रुपमा शोधनान्तर बचत रहँदै आएको छ । शोधनान्तर बचत भएमा तरलताको स्थिति सहज भई ब्याजदर न्यून हुने र शोधनान्तर घाटा भएमा तरलता प्रशोचित भई ब्याजदरमाथि चाप पर्न जाने गरेको छ । शोधनान्तर स्थितिमा केही सुधार हुँदै गएकोले तरलताको स्थिति पनि केही सहज हुन थालेको छ । तथापि, आगामी दिनमा सरकारी वित्त व्यवस्थापनलाई दृष्टिगत गर्दै केही वस्तुको आयात व्यवस्थापन गर्न लिइएका नीतिगत व्यवस्थाहरुलाई क्रमशः खुकुलो बनाउँदै लैजाँदा तरलता र ब्याजदरमाथि परेको चाप केही समयसम्म अझै कायम रहने देखिन्छ ।
मौद्रिक नीतिको कार्यदिशा र उपायहरु
४९. माथि विश्लेषण गरिएकोआर्थिक स्थिति र परिदृश्यका आधारमा २०७९÷८० को मौद्रिक नीतिले अबलम्बन गरेको कार्यदिशालाई निरन्तरता दिइएको छ ।
५०. आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएको लक्ष्य तथा प्रक्षेपणहरुलाई पनि यथावत राखिएको छ ।
५१. मौद्रिक नीति २०७९/८० मा व्यवस्था भएका मौद्रिक उपकरणहरुलाई निरन्तरता दिइएको छ । अनिवार्य नगद अनुपात ४ प्रतिशत र बैंक दरलाई ८.५ प्रतिशतमा यथावत राखिएको छ ।
५२. भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउनेर तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ ।
नियामकीय उपायहरु
५३. कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिनेछ ।
५४. वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ ।
५५. लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ ।
५६. तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ ।
५७. कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिनेछ ।
५८. तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइनेछ ।
अन्त्यमा,
५९. मौद्रिक नीतिमा लिइएका उपायहरुको कार्यान्वयन स्थिति तथा विद्यमान राष्ट्रिय एवम्अन्तर्राष्ट्रिय आर्थिक स्थिति र परिदृश्यलाई दृष्टिगत गरी वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यस समीक्षामा निरन्तरता दिइएको छ । यसले आन्तरिक तथा बाह्य स्थायित्व सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा रहेको छ । मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिमा आउने सुधारको आधारमा मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकताअनुसार परिवर्तन गरिनेछ ।
६०. आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको यस पहिलो त्रैमासिक समीक्षाको क्रममा सहयोग पु¥याउने नेपाल सरकारका निकायहरु, उद्योग व्यवसायसँग सम्बन्धित संघ÷संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, विद्वत वर्ग, सञ्चार माध्यमलगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीति र यस समीक्षामा व्यवस्था गरिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ ।