ग्लोबल आईएमई बैंककाे ३ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंककाे ३ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आईएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे ३ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय ४४ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ सय ५१ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको १६ औँ वार्षिक साधारण सभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा सञ्चालन हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Read More
  • EBL Ad news