मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार सुचारु


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार सुचारु

मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार सुचारु भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मङ्सिर १ गतेको निर्णय अनुसार दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको थियो ।

सोहि अनुसार आज मंगलबारबाट दुवै बैंकको शेयर कारोबार सुरु भएको हो । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 

दुवै बैंकले हालै मात्र लाभांश घोषणा गरेका छन् ।  दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकलेआर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad