सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी कमर्सियल बैंकले मिति २०७९ कार्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यूले समुद्घाटन गरी सेवा सञ्चालन गर्नु भएको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत श्री राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४८ सहित बैंकले १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

Read More
  • EBL Ad news