चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड लागू भएको एक महिनामा राष्ट्र बैंकले यसको कार्यान्वयनमा कुनै समस्या भए मंसिर १० भित्र जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पत्राचार गरेको छ।
कार्यान्वयनमा आउनु अघिदेखि नै चालु पुँजी कर्जा सीमामा व्यवसायीहरूले असहमती जनाउँदै आइरहेका छन्।
पछिल्लो समय व्यवसायीहरूलाई व्यवसाय सञ्चालनको क्रममा नगद प्रवाह (क्यास फ्लो) मै समस्या आएको भन्दै यसमा केही समय राष्ट्र बैंक लचिलो हुनुपर्ने अर्थविद्हरूले समेत बताउँदै आएका थिए।
पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडा, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा लगायतले व्यवसायीहरूलाई यसको लागि केही समय दिनुपर्ने सेतोपाटीसँग केही दिनअघिको कुराकानीमा बताएका थिए।