मर्ज र लाभांस प्रस्ताव पारित गर्न ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २३ गते एजीएम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मर्ज र लाभांस प्रस्ताव पारित गर्न ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २३ गते एजीएम

काठमाडौं  : ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै बैंकले मंसिर २३ गते साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हूनेछ । 
 

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन थालेका हुन् । दुवै एक भएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । सभामा दुवै बैंकको लाभांस वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ । जसमा ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ३% बोनस सेयर र करसहित १०.६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।  यस्तै, बैंक अफ काठमान्डूले पनि गत वर्षको नाफाबाट ६% बोनस सेयर र १४.९५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।  

Read More
  • MBL