विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भैसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भैसकेका छन् ।
यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउँदै बचतको महत्वलाई उजागर गर्न “बचत गरौँ, च्याम्पियन बनौँ” योजना सार्वजनिक गरेको बैंकले जानाएको छ । फुटबल खेलमा गोल रक्षकद्वारा खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ उक्त योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन “बचत” को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज जस्तो बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ । बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्ने बैंकले जनाएको छ ।