काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १३ अर्ब ८५ करोडको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको मंसिर २७ गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी फागुन २ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ २ गते परिपक्क हुनेछ ।