आज कात्तिक २२ गतेदेखि शक्तिशाली नेपाल बीमा प्राधिकरणको शुरुवात भएको छ । नयाँ बीमा ऐन २०७९ अनुसार बीमा समिति खारेज भएसँगै शक्तिशाली नेपाल बीमा प्राधिकरणको शुरुवात भएको हो ।
सरकारले बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध नयाँ बीमा ऐन बनाउनु परेको जनाएको छ ।
यस्तै बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरि बीमितको हक हित संरक्षण गर्नको लागि बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन आवश्यक रहेकोले सङ्घीय संसदले यो ऐन बनाएको हो ।
प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित संगठित संस्था हुने र कानूनी व्यक्तित्व प्राप्त गर्ने ऐनमा उल्लेख छ । प्राधिकरणले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिम अधिकारको प्रयोग कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ ।
ऐनले प्राधिकरणको काम कर्तव्य र अधिकारलाई पनि बृहत बनाएको छ । बीमा सम्बन्धमा प्राधिकरणले नेपाल सरकारको सल्लाहकारको रुपमा कार्य गर्ने, राष्ट्रिय बीमा नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने जस्ता महत्वपुर्ण कार्य गर्नेछ । ....







