ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई बैंकले चयन गर्यो बिक्रि प्रबन्धक


  • KBL News Ad
  • ADBL
  • City Express
ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । बैंकले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बिजय लाल श्रेष्ठले सम्झौता गरेका छन् ।

बैंकले ५ वर्षे अवधिको ५ अर्ब बराबरको  'ग्लोबल आइएमई डिबेन्चर २०८४/८५' नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।  यस ऋणपत्रमा बैंकले ११.२५ प्रतिशत व्याज प्राप्त गर्ने छ । 

Read More
  • EBL Ad news