डिजिटल करेन्सी यसै वर्षभित्र


  • KBL News Ad
  • ADBL
  • City Express
डिजिटल करेन्सी यसै वर्षभित्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) भित्र आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने गरी तयारी अघि बढाएको छ । विश्वभर केन्द्रीय बैंकहरूले विद्युतीय मुद्रा जारी गर्ने लहर चलेसँगै नेपालमा पनि राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले सीबीडीसी निष्कासनका लागि सम्भाव्यता अध्ययन पूरा गरी त्यसमा सरोकारवालाबाट रायसुझाव संकलन गरिरहेको छ । सरोकारवालाको राय सुझावसमेत समेटेर चालू आवभित्र विद्युतीय मुद्रा जारी गर्ने गरी काम भइरहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘विश्वका केन्द्रीय बैंकहरूले धमाधम सीबीडीसी निष्कासन गरिरहेकाले हामीलाई पनि दबाब छ,’ नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले भने, ‘चालू आवभित्र जारी गर्नुपर्छ भन्ने लक्ष्यसहित काम भइरहेको छ ।’

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भने अहिल्यै सीबीडीसी निष्कासनको समय निर्धारण गर्न नसकिने बताउँछन् । नेपालमा भर्खरै सम्भाव्यता अध्ययन सकिएको भन्दै उनले राष्ट्र बैंक थप अध्ययनकै चरणमा रहेको बताए ।

Read More
  • EBL Ad news