राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने, आईपीओ निष्काशन गरेर चुक्ता पूँजी पुर्याउने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने, आईपीओ निष्काशन गरेर चुक्ता पूँजी पुर्याउने

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ लागु भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएपछि संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको हो ।

 

नयाँ बीमा ऐन अनुसार बीमा प्राधिकरण स्थापना भएको एक वर्ष भित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्नुपर्नेछ । संस्थानमा कार्यरत कर्मचारीहरु, चल अचल सम्पत्ति र दायित्वहरु समेत स्वतः कम्पनीको हुनेछ ।

यसैगरी, संस्थानबाट जारी भएका बीमालेखहरु समेत कम्पनीबाट जारी भएको मानिने नयाँ बीमा ऐनमा उल्लेख छ ।

यस अघि राष्ट्रिय बीमा संस्थान ऐन सकृय रहेकोले संस्थानलाई न्यूनतम चुक्ता पूँजी पुर्याउन समेत छुट थियो । तर अहिले संस्थान ऐन खारेज भएर नयाँ बीमा ऐन लागु भएर पब्लिक कम्पनीमा परिणत भएपछि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी समेत कायम गर्नुपर्नेछ ।

हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ । संस्थान कम्पनीको रुपमा परिणत भएपछि न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

संस्थानको हालको चुक्ता पुँजी १८ करोड १० लाख रूपैयाँ रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई चैतभित्र ५ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ । त्यस अनुसार संस्थानले ४ अर्ब ८१ करोड ८९ लाख रूपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ ।

संस्थान कम्पनीको रुपमा परिणत भएपछि सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने बाटो खुल्नेछ । त्यस अनुसार संस्थानले सर्वसाधारणलाई शेयर निष्काशन गरेर न्यूनतम चुक्ता पूँजी पुर्याउने योजना बनाएको छ ।

Read More
  • EBL Ad news