सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच छुट प्रदान गर्ने सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच छुट प्रदान गर्ने सम्झौता

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा.लि.बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत श्री शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक श्री जोनाम भूर्तेलले हस्ताक्षर गर्नुभयो ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु (Activate) गर्नुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

Read More
  • MBL - below news