४ कात्तिक, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षमा निकै उच्च थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड थियो । एक महिनाको अवधिमा शोधनान्तर घाटा सामान्य बढेर २३ अर्ब ६८ करोडमा सीमित भएको छ । यसले शोधनान्तर घाटा उच्चदरमा बढ्ने क्रम रोकिएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार अहिले शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनामा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर यस वर्ष १८ करोड ५९ लाखले घाटामा देखिएको छ ।