राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायी सडकमा आउने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायी सडकमा आउने

विराटनगर । देशभरका उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चिँदा पनि बैंकहरूको नाफा घट्न हुँदैन बरु दोब्बर हुनुपर्छ भनेर नेपाल राष्ट्र बैंक नै लागेको भन्दै पूर्वका उद्योगी व्यवसायीले सडकमा आउने घोषणा गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बिहीवार आयोजना गरेको छलफलमा चुनावसँगै चन्दा आतंक शुरू भएको र बैंकलाई जसरी पनि नाफामा लानुपर्ने राष्ट्र बैंकको नीतिका कारण उद्योगको उत्पादन ४० प्रतिशतभन्दा तल झर्ने र सयौं उद्योगमा ताला लाग्ने अवस्था आएको उनीहरूले बताए ।

संस्थाका अध्यक्ष टीकाराज ढकालले उद्योग सञ्चालन नभएको बेला चन्दा नमागिदिन आग्रह गर्दा पनि राजनीतिक दलका नेता, कार्यकर्ताले नटेरेको गुनासो गरे । राजनीतिक दलका नेतालाई उद्योगीका समस्या समाधानको पहल गरिदिन आग्रह गर्दा उनीहरूले टेरपुच्छर नलाएपछि आन्दोलनका लागि सडकमा उत्रनुको विकल्प नरहेको उनले बताए ।

Read More
  • EBL Ad news