राष्ट्र बैंकद्वारा २ महिनाको अवधिमा १७८० अर्ब तरलता प्रवाह


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा २ महिनाको अवधिमा १७८० अर्ब तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले २ महिनाको अवधिमा बजारमा १७८० अर्ब तरलता प्रवाह गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० को पहिलो २ महिनाको अवधिमा १७८० अर्ब २ करोड तरलता प्रवाह गरेको हो।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रिपोमार्फत रु.१११ अर्ब ५७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.१४ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रु.१६५३ अर्ब ६० करोड गरी कुल रु.१७८० अर्ब २ करोड तरलता प्रवाह गरिएको छ ।

 समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ७८ करोड ९४ लाख खुद खरिद गरी रु.१०० अर्ब ४६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३९ लाख खुद बिक्री गरी रु.३० करोड तरलता प्रशोचन गरिएको थियो ।

Read More
  • EBL Ad news