मर्जरको समयमा सेयर कारोबार रोक्ने वा नरोक्ने सम्बन्धि निर्णय धितोपत्र बोर्डले नै गर्न सक्ने गरी राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा पाँचौं संशोधन गरेको छ। विहीबार राष्ट्र बैंकले संशोधन सहितको नियमावली सार्वजनिक गरेको हो।
केही समय अघि मात्रै नेपाल धितोपत्र बोर्डले पनि संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो। यसमा मर्जरको समयमा १५ दिन मात्रै सम्बन्धित कम्पनीहरुको कारोबार रोक्का हुने व्यवस्था गरिएको छ। मस्यौदाले मर्जरपछि एकीकृत व्यवसायिक कारोबार गरेको मितिले बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का रहने व्यवस्था गरिएको हो।
तर, यो निर्देशिकाले अन्तिम रुपमा नपाउँदा अहिले पनि सेयर कारोबारको क्रममा लामो समयसम्म मर्जरमा जाने कम्पनीहरूको कारोबार रोक्का भएको छ।