माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा, विदेशबाट बिना झन्झट सजिलै रेमिट्यान्स पठाउन सकिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा, विदेशबाट बिना झन्झट सजिलै रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । 

माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको हो । 

यस सेवा मार्फत विदेशबाट उक्त बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने बैँकले जनाएको छ । 

यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिने छ । 

Read More
  • MBL