सिभिल बैंकको कार्यक्रम, बिरुवाहरु संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकको कार्यक्रम, बिरुवाहरु संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध

काठमाडौँ / सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । 

सभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले उक्त ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई गरेका थिए । 

 सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब रू ८ लाख रहेको छ । 

सिभिल बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad