काठमाडौं / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बिरगंज शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
सन् नेपालले स्वर्गीय विवि माया योन्जनको परिवारलाई ५ लाख २६ हजार ५८३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
स्वर्गीय विवी माया योन्जनले ४ लाख ७५ हजारको सन लाइफ साबधिक जीवन बीमा गरेकी थिइन् । सन नेपाल लाइफ विरगंज शाखाले उक्त रकम बराबरको चेक योन्जनका छोरा अशोक लामालाई हस्तान्तरण गरेको हो ।

 
                                    





