ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम

काठमाडौँ /ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । 

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरिएको थियो । 

विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राज वृक्ष, पारिजात, शिरीस, अमलालगायत विभिन्न प्रजातिका विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

Read More
  • EBL Ad news