आश्विन १९, २०७९ । सन्राइज बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन अर्थात आश्विन १९ गते, बुधवार संचालन गरेको छ ।
सन्राइज बैंकले साझा यातायात संग सहकार्य गरी काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निशुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ ।
बैंकले यही आश्विन २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदै छ ।









