काठमाडौँ / प्रभु बैंक लिमिटेड र चुरे हिल हस्पिटल प्रा.लि. बिच सम्झौता भएको छ ।
प्रभु बैंक र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटल प्रा.लि.का तर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले चुरे हिल हस्पिटल प्रा.लि. द्धारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।









