व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकको झन्डै ३६ लाख कित्ता शेयर बिक्रि गरेका छन् । उनले शेयर धितो कर्जाको सीमा मिलाउन ३५ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् ।
उनले ठूलो मात्रामा बैंकको शेयर बिक्रि गर्दा आइतबार लक्ष्मी बैंकको सर्वाधिक २६ करोडको कारोबार भएको थियो । उनले ३ पटकमा गरेर शेयर बिक्रि गरेका हुन् । उनले पहिलो चरणमा ११ लाख कित्ता , दोस्रो चरणमा पनि ११ लाख कित्ता र तेस्रो तथा अन्तिम चरणमा १३ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् । त्यस्तै उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ लाख कित्ता शेयर पनि बेचेका छन् । उनले सबै शेयर ब्रोकर नम्बर ४९ बाट बिक्रि गरेका हुन् ।