काठमाडौँ / प्रभु बैङ्क लिमिटेड र पोखरास्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैङ्कका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैङ्क र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैङ्कमा खाता खोली बैङ्किङ्ग कारोबार गरिरहेर्का ग्राहकहरूले पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.द्वारा सञ्चालित ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै क्रिटोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।









