तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी विल्स सोझै खरिद गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी विल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ। बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो।

 

ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ।

केन्द्रिय बैंकले बैंकहरुमा तरलता व्यवस्थापन गर्न समयसमयमा यस्ता उपकरणहरु बिक्री तथा खरिद गर्ने गरेको छ।

Read More
  • EBL Ad news