सिद्धार्थ क्यापिटलको असोज २८ मा एजीएम, २५% नगद लाभांश प्रस्ताव


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सिद्धार्थ क्यापिटलको असोज २८ मा एजीएम, २५% नगद लाभांश प्रस्ताव

सिद्धार्थ क्यापिटलले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले २५% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ५ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । 


सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

Read More
  • EBL