कृषि बैंकले ल्यायाे ‘लखपति करोडपति धमाका’,विभिन्न सेवामा विशेष छुट दिनुकासाथै निक्षेपमा ब्याज बढ्यो,


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि बैंकले ल्यायाे ‘लखपति करोडपति धमाका’,विभिन्न सेवामा विशेष छुट दिनुकासाथै निक्षेपमा ब्याज बढ्यो,

कृषि विकास बैंक(ADBL)ले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार असोज १ गतेदेखि लागु हुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा बृद्धि गरेको हो।


बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित,मासिक,त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ। बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ। यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्युनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा,तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ। यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महशुष गर्ने भएका छन् ।

साथै वडा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सीआरएन सेवामा विशेष छुट प्रदान गरेको छ ।

Read More
  • MBL - below news