समृद्धि फाइनान्सको जनकपुर शाखा संचालनमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सको जनकपुर शाखा संचालनमा

नेपाल राष्ट्र बैंकबाट ग बर्गको राष्ट्रियस्तरको इजाजतपत्र समिद्धि फाइनान्सले आफ्नो आठौँ शाखा जनकपुरमा संचालनमा ल्याएको छ। मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि राम सरोज यादवको उपस्थितिमा आज एक कार्यक्रम मार्फत उक्त शाखाको उद्घाटन गरिएको हो। 

शाखा उद्घाटन कार्यक्रममा जनकपुर उपमहानगरपालिका का मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए। 

Read More
  • MBL - below news
  • EBL Ad news