काठमाडौँ / प्रभु बैङ्क लिमिटेड र कैंलालीस्थित अत्तरीया हस्पिटल प्रा.लि.बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई सेवा सुविधा थप गर्ने उद्देश्यले हस्पिटलसँग सम्झौता गरेको हो ।
बैङ्कका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र अत्तरीया हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैङ्क र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार खाता खोली बैङ्किङ्ग कारोबार गरिरहेका ग्राहकहरूले अत्तरीया हस्पिटल प्रा.लि.द्वारा सञ्चालित (एक्स–रे, इ.सी.जी, इको, इन्डोस्कोपी, ओ.पी.डी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एन्.आइ.सी.यु, आइ.सी.यु, जनरल बेड हस्पिटल एड्मिट शुल्क) सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शुल्कमा २० प्रतिशत, साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।









