१ करोड १ लाखसम्म बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
१ करोड १ लाखसम्म बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा

 

मुक्तिनाथ विकास बैंक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

यसै गरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटोगोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad