ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ ।

असोज १ देखि महिनाभर चल्ने यो अभियान अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत २ जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ।

यस योजनामा सहभागी हुनका लागि असोज महिनाभर रु. ५०० वा सोभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज तथा स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा ल्याएको हो ।

Read More
  • EBL Ad news