सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट तथा त्रिसाराबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट तथा त्रिसाराबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौं बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाण्डौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाण्डौंका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरे ।

साथै त्रिसारा, काठमाण्डौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याकट्रीमा समेत उपलब्ध हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धरज्यूू र त्रिसारा, काठमाण्डौंका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारज्यूूले हस्ताक्षर गर्नुभयो ।

Read More
  • MBL - below news