काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट काडकार्ड प्रयोगकर्ताहरुले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक अफर सार्वजनिक गरेको छ । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससीटि तथा युपीआइ कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नुहुनेछ ।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटि डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात एक हजार रुपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाउइने बैंकले जनाएको छ ।