काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडलाई एशियाली विकास बैङ्क (एडिबी)दवारा सम्मानित भएको छ । हिमालयन बैङ्कलाई एडिबीले टिएससिएफपी अवार्ड २०२२–लिडिङ बैङ्क इन नेपालद्वारा सम्मानित गरेको हो ।
एडिबीले हिमालयन बैङ्कलाई बैङ्कले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरूप उक्त अवार्ड प्रदान गरेको हो ।
एडिबीद्वारा सेप्टेम्बर ६ सिंगापुरमा आयोजित ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा बैङ्कका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरे ।








