बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, एक वर्षमै ३३८ वटा मुद्धा दायर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, एक वर्षमै ३३८ वटा मुद्धा दायर

काठमाडौं । पछिल्लो समय बीमा कम्पनी विरुद्ध उजुरी गर्नेको संख्या बढ्दै गएको छ । बीमा समितिको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा विभिन्न बीमा कम्पनी विरुद्ध बीमकहरुले ३८८ वटा उजुरी दिएका छन् । 

बीमा कम्पनीहरुको सेवामा असन्तुष्टि जनाउँदै बीमकहरुले बीमा समितिमा उजुरी गर्ने गर्छन् । अघिल्लो आवको तुलनामा गत वर्ष बीमा कम्पनी विरुद्ध समितिमा परेको उजुरी २३.८० प्रतिशतले बढि हो । समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा कम्पनीहरु विरुद्ध २७३ वटा उजुरी परेका थिए । 

पछिल्लो समय बीमितहरु पनि सचेत हुँदै गएपछि कम्पनी विरुद्ध उजुरी बढ्दै गएको बीमा समितिका उपनिर्देशक शाम्भराज लामिछाने बताउँछन् । उनी भन्छन्, ‘विगतका वर्षहरुको तुलनामा गत वर्ष बीमा कम्पनी विरुद्ध उजुरी गर्नेहरु बढ्दै गएका छन् । समितिले बीमा सम्बन्धी विभिन्न ठाउँहरुमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका कारण बीमकहरु पनि सचेत हुँदै गए । यसले गर्दा पनि समितिमा उजुरी बढ्न थालेको छ ।’ बीमा दावी लिने सम्बन्धमा बीमकहरु पनि सुसुज्जित भएका छन्’, उनले थपे । 

Read More
  • MBL - below news