एनआईसी एशियाको मोबाइल बैङ्किङ्ग एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशियाको मोबाइल बैङ्किङ्ग एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौँ / एन आई सी एशिया बैङ्कको मोबाइल बैङ्किङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । 

सहज एवं सबल बैङ्किङ्गको मूल रणनीति अनुरुप गतिशील बैङ्किङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैङ्कको मोबाइल बैङ्किङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । 

सो सम्बन्धी समझदारीपत्रमा बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । 

अब एनआई सी एशिया मोवाइल बैङ्क प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्यूआर स्क्यान गरी सहजरूपमा भुक्तानी गर्न सक्नेछन् । 

Read More
  • MBL - below news
  • EBL Ad news