ग्लोबल आईएमई बैंकको डुबेको १८ करोड ३६ लाख ऋण प्रकरण के हो ? सपना अटोमोबाइल्सको केस अव के हुन्छ ?


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंकको डुबेको १८ करोड ३६ लाख ऋण प्रकरण के हो ? सपना अटोमोबाइल्सको केस अव के हुन्छ ?

काठमाडौं । तत्कालीन जनता बैंक लिमिटेड (हालको ग्लोबल आईएमई बैंक लिमिटेड) मा डुबेको १८ करोड ३६ लाख रुपैयाँ ऋण असुल गर्ने प्रक्रिया अगाडी बढेको छ । तत्कालीन जनता बैंकबाट एक अटो मोबाइल्स कम्पनीले लिएको ऋण ऋणीले नतिरेपछि तत्कालीन जनता बैंक लिमिटेडले ऋण असुली न्यायाधिकरणमा ऋण असुलीका लागि मुद्धा दर्ता गराएको थियो । लामो समय ‘पेन्डिङ’ रहेको सो प्रक्रिया अन्तत: अगाडी बढेको हो । ऋण असुली न्यायाधिकरणको सोमबारको निर्णयअनुसार सो ऋण-फाइलको प्रक्रिया अगाडी बढेको हो । अहिले सोहि प्रक्रिया अनुसार न्यायाधिकरणले १० दिने सूचना जारी गर्दै लिलाम प्रक्रिया अगाडी बढाएको छ ।

भएको के थियो ?

तत्कालीन जनता बैंक लिमिटेडले ग्लोबल आईएमई बैंक लिमिटेडमा मर्जरमा जानु अघि नै सपना अटोमोबाइल्स ट्रेडर्सका नाममा ऋण दिएको थियो । कागजमा सो कम्पनीको कारोबार सबै ठिक देखिएको र त्यसअघि पनि राम्रै कारोबार गरिरहेको देखेपछि बैंकले नीज कम्पनीलाई ऋण दिएको थियो । कागजमा सबै कारोबार राम्रै देखिएकाले पनि बैंकले यो ऋण डुब्ला भन्ने सोचेको थिएन । धितो पनि राम्रै मूल्यांकन भएको थियो । तर कम्पनीका संचालकको व्यवहार बिग्रिएपछि कम्पनीले ऋण तिर्न सकेन । ...

Read More
  • EBL Ad news