बैंक अफ काठमाण्डूको नक्साल स्थित संरचना भत्काउन पुग्यो महानगर, नक्साबारे अध्ययन हुँदै, डोजर स्ट्याण्डबाई !


  • KBL News Ad
  • ADBL
  • City Express
बैंक अफ काठमाण्डूको नक्साल स्थित संरचना भत्काउन पुग्यो महानगर, नक्साबारे अध्ययन हुँदै, डोजर स्ट्याण्डबाई !

काठमाडौँ ।  नियम मिचेर अवैध संरचना बनाएको उजुरीपछि काठमाडौँ महानगरपालिकाको टोली नक्सालस्थित बैंक अफ काठमाण्डुको भवन भत्काउन पुगेको छ ।

यद्यपी त्यहाँ नक्सा नभेटिएपछि नक्सा खोज्न महानगरको टोली कार्यालय फर्किएको छ । नक्सा हेर्दा अवैध संरचना बनाएको भेटिएमा सो भवन आजै भत्काउने महानगरले जनाएको छ ।

यतिबेला सो भवन परिसरमा सो वडाका वडाअध्यक्ष लगायत अन्य स्थानीय र मिडियाकर्मीहरु जम्मा भएका छन् । महानगरको टोली भने नक्सा हेर्न कार्यालय फर्केको छ ।

Read More
  • EBL Ad news